Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • जलबीरेमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा २६ जना घाइते 


    आइतबार, साउन ३ २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।

    चितवन इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक-खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारू भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार