काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कमजोर बनाउने उद्देश्यले विभिन्न प्रयास भइरहे पनि एमाले आफ्नै संगठनात्मक आधारमा अघि बढ्न सक्षम रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले कुनै अर्को शक्तिको सहारामा मात्र टिक्ने संगठन नभएको दाबी गरे।
उनले पछिल्ला राजनीतिक परिस्थितिबाट पार्टीमा असर परेको भए पनि त्यसले एमालेको अस्तित्व समाप्त नभएको बताए। विभिन्न चुनौती, संकट र प्रतिकूल अवस्थाको सामना गर्दै पार्टी अघि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आफ्नै शक्तिका आधारमा संगठनलाई पुनः सुदृढ बनाउने धारणा राखे।
अध्यक्ष ओलीले एमाले कठिन परिस्थितिबाट विचलित नहुने उल्लेख गर्दै पार्टीले विगतमा पनि अनेकौँ चुनौती पार गर्दै आएको बताए। उनले बाह्य सहाराबिना पनि पार्टीले आफ्नो राजनीतिक यात्रा निरन्तर अघि बढाउन सक्ने दाबी गरे।
कार्यक्रममा उनले प्रविधिको प्रयोगमार्फत पार्टी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले वेबसाइट तथा एपको नयाँ संस्करण सार्वजनिक गरिएको जानकारी दिए।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend