Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • ‘मास्टर्नी’को प्रमोसनल गीत तत्काल बन्द गर्न शिक्षक महासंघको माग


    शुक्रबार, साउन १ २०८३
    310
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’को प्रबर्धनात्मक (प्रमोसनल) सामग्रीका रूपमा भर्खरै सार्वजनिक गीतप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल बन्द गर्न फिल्म निर्मातासँग माग गरेको छ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा शुक्रबार बिहान विज्ञप्ति जारी गरी त्यस गीतले महिला शिक्षक र शिक्षण पेसाकै गरिमामा गम्भीर प्रहार गरेको उल्लेख गरेका हुन्।

    ‘अगामी भदौ ५ गतेबाट प्रदर्शनका लागि प्रचार गरिएको नेपाली चलचित्र ‘मास्टर्नी’को प्रबर्धनात्मक (प्रोमोसनल) सामग्रीका रूपमा भर्खरै सार्वजनिक भएको गीतप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ’त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ। साथै त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने कुराप्रति समेत सचेत गराउँछौँ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार