काठमाडौँ। बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारको मन्त्रालय संख्या औपचारिक रूपमा ८ मा झरेको छ।
यसअघि १४ मन्त्रालय रहेकामा घटाएर ८ मा झार्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय आज साउन १ देखि कार्यान्वयनमा आएको हो।
आजदेखि बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय गरी ८ मन्त्रालय मात्र कायम भएका छन्।
मन्त्रालय पुनर्संरचनासँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हाल रहेका मन्त्रीहरूको जिम्मेवारी पुनः बाँडफाँट गर्ने तयारी गरेका छन्।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङका अनुसार १४ मन्त्रीलाई ८ मन्त्रालयअनुसार कार्यविभाजन गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरिनेछ।
मन्त्री को रहने वा हट्ने भन्ने अन्तिम निर्णय पनि मुख्यमन्त्रीकै अधिकार क्षेत्रभित्र पर्ने उनले बताए। प्रदेश सरकारले गत वैशाख २२ गतेको मन्त्रिपरिषद् बैठकबाट मन्त्रालय संख्या घटाउने निर्णय गरेको थियो।
प्रशासनिक खर्च कटौती, कार्यसम्पादनलाई प्रभावकारी बनाउने तथा सरकारको संरचना चुस्त बनाउने उद्देश्यसहित ६ मन्त्रालय गाभ्ने निर्णय गरिएको हो।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend