काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूसँग समसामयिक राजनीतिक विषय र संविधान संशोधनका विषयमा छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं सांसद खुश्बु ओली सहभागी थिए।
करिब एक घण्टा चलेको छलफलमा पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनको आवश्यकता तथा त्यससँग सम्बन्धित विषयमा विचारविमर्श भएको सांसद ओलीले जानकारी दिइन्।
उनका अनुसार प्रधानमन्त्री शाहले सरकारले अघि सारेका कामहरू प्रारम्भिक चरणमा रहेको र ती विषय क्रमशः निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका थिए।
संविधान संशोधनका सन्दर्भमा सबै पक्ष र नागरिकका गुनासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाइने धारणा प्रधानमन्त्रीले राखेको ओलीले बताइन्।
भेटका क्रममा राप्रपाको संविधान संशोधनसम्बन्धी पूर्ववत् धारणा पनि प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको उनले जानकारी दिइन्। साथै, राजनीतिक दलहरू र सांसदहरूबीच निरन्तर संवाद र समन्वय कायम राख्न आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको ओलीले बताइन्।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend