काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सबै काम स्थगित गरेको छ। सर्वोच्चले सम्पत्ति विवरण संकलन तथा छानबिनको कार्य नगर्न अन्तरिम आदेश जारी गरेसँगै आयोगले आफ्ना काम हालका लागि स्थगित गरेको हो।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार अर्को आदेश नभएसम्म कसैबाट पनि सम्पत्ति विवरण पेश गराउन वा पेश भएका विवरणमाथि कुनै पनि प्रकारको छानबिन नगर्न आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो।
यसअघि उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अघिल्लो आदेशअनुसार न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी, नेपाली सेनाका पूर्व पदाधिकारी तथा अन्य सार्वजनिक जवाफदेही पदमा रही जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी र कर्मचारीसँग सम्बन्धित सम्पत्ति विवरण संकलनको कार्य जारी रहेको जनाएको थियो। साथै आयोगले सम्पत्ति विवरण बुझाउने अन्तिम मिति नथपिने पनि स्पष्ट पारेको थियो।
तर, आयोगको उक्त सूचना सार्वजनिक भएपछि इनोभेसन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मनीराम उपाध्यायले आयोगका अध्यक्ष तथा सदस्यहरूले अदालतको आदेशको अवहेलना गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले आयोगलाई अर्को आदेश नभएसम्म सम्पत्ति विवरण संकलन तथा त्यससम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो।
सर्वोच्चको पछिल्लो आदेशसँगै आयोगले सम्पत्ति विवरण संकलन, पेश गरिएका विवरणको परीक्षण तथा छानबिनलगायत सबै काम हालका लागि स्थगित गरेको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend