Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज महिला उद्यमीसँग बिशेष छलफल गर्दै प्रधानमन्त्री


    बिहिबार, असार ३२ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दैछन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ ।

    प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार