काठमाडौँ। कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। बुधबार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन्।
आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले राजीनामा बुझाएका एक मन्त्रीले जानकारी दिए।
आज बिहानका लागि कर्णाली सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन्। अर्थमन्त्री शाह विदेश भ्रमणमा छन् भने उर्जामन्त्री विजय बुढा पनि बैठकमा सहभागी भइनन्।
मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी मन्त्रिपरिषद् बैठकमा नबसेर राजीनामा दिएर फर्किएका थिए।
कर्णालीमा एमाले र नेपाली कांग्रेसको गठबन्धनको सरकार छ। एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री छन्। यसअघि कर्णालीमा एमाले कांग्रेसबिच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend