Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अबदेखि भरी सिलिन्डर ग्याँस पाउने, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ


    मंगलबार, असार ३० २०८३
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ किलो) खाना पकाउने एलपी ग्याँस उपलब्ध गराउँदैआएको थियो ।

    इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भएको लोडिङको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ किलोको उच्च मागको अवस्थालाई समेत मध्येनजर गर्दै निगमले २०८३ असार ३१ गतेबाट मुलुकभरी नै साविककै भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । निगमका अनुसार उपभोक्ताले पूरा ग्याँस २ हजार ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    केही समयका लागि ७.१ किलोे (आधा सिलिण्डर) ग्याँस पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म बजारमा दुवै सिलिण्डर विक्री वितरण हुनसक्ने भएकोले सोही अनुसार तौल र मूल्य एकीन गरेर मात्र ग्यास खरिद गर्नका निगमले उपभोक्तावर्गमा अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार