Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू


    मंगलबार, असार ३० २०८३
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने भएको छ। आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

    बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ।

    नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी बिउ बिजन ९पहिलो संशोधन० नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार