Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • मिडियाको गेटमा तेर्स्याइएको गाडीलाई ५ सय जरिवाना लिएर छाडेकोप्रति नेकपाको आपत्ति


    मंगलबार, असार ३० २०८३
    240
    Shares
    काठमाडौँ, २२ असारः सांसद मल्ल सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै सांसद रमेशकुमार मल्ल । तस्बिरः रत्न श्रेष्ठ/रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाका सांसद रमेश मल्लले मिडियाको गेटमा तेर्स्याइएको गाडीलाई ५ सय जरिवाना लिएर छाडेकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्य संरक्षित केही मान्छेहरूबाट ती गतिविधि भएको दाबी समेत गरे।

    उनले भने, ‘५ सय देखि लाखौँको जरिवाना गर्छौँ भनेर भन्ने सरकारले, आज ५ सय रुपैयाँको चिट काटेर उनीहरूलाई छोड्दै छ भन्ने कुरा सुनियो। यो राज्य आतङ्क आफैँले सिर्जना गर्ने, आफैँले त्यस्ता मान्छेहरूलाई परिचालन गर्ने, उनीहरूलाई ५ सयको चिट काटेर घर पठाउने, यो कुनै हालतमा हुन सक्दैन।’

    उनले ती गतिविधि गर्नेलाई लाखौँको जरिवाना तिराउनुपर्ने र जफत गरिनुपर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार