Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा


    मंगलबार, असार ३० २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक आज बिहान ८ बजेदेखि खुलेको छ।

    सडक डिभिजन भरतपुरले आज बिहान ८ बजे सूचना जारी गरी बिहानैदेखि मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालन भएको जानकारी दिएको हो।

    लेन अनुशासनमा रही सीमित गतिमा सवारी चलाउन सडक डिभिजनले अनुरोध गरेको छ।

    निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहँदा सोमबार साँझदेखि मुग्लिन-नारायणगढ सडक बन्द भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार