Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी पार्किङ


    सोमबार, असार २९ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको काठमाडौँको रातोपुलस्थित निवास अगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको पाइएको छ।

    काँग्रेस स्रोतका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सभापति थापाको निवासअगाडि पार्किङ गरिएको हो। घटनाबारे थप तथ्य पत्ता लगाउन आसपासका सिसिटिभी फुटेजको अध्ययन भइरहेको स्रोतले जनाएको छ।

    स्थानीयका अनुसार उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासअगाडि पार्किङ गरिएको छ। स्थानीयले गाडी पार्किङ गरेर चालक नेपाल प्रहरीको गाडीमा चढेर त्यहाँबाट गएको दाबी गरेका छन्। यद्यपि, यस विषयमा नेपाल प्रहरीले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार