Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सर्भर समस्याका कारण एकान्तकुना यातायात कार्यालयका सेवा रोकियो


    सोमबार, असार २९ २०८३
    335
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । यातायात व्यवस्था विभागको सर्भरमा देखिएको प्राविधिक समस्याका कारण बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना ललितपुरबाट प्रवाह हुने अधिकांश सेवाहरू अस्थायी रूपमा रोकिएका छन् ।

    कार्यालयले मंगलबार जारी गरेको सूचनामार्फत प्रणाली अवरुद्ध भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नियमित सेवा प्रभावित हुने जनाएको हो ।

    कार्यालयका अनुसार सवारी चालक अनुमति पत्र वितरण, दुईपाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरणलगायतका सेवाहरू स्थगित गरिएको छ । यस्तै, २०८३ साल असार २९ गते सञ्चालन हुने भनिएको लिखित परीक्षा तथा सोही दिनका लागि तय भएका वर्ग एरके र एफरजी अन्तर्गतका प्रयोगात्मक परीक्षाबाहेक अन्य सबै सेवा रोकिएका छन् ।

    कार्यालयले प्राविधिक समस्या समाधान भएपछि सेवा पुनः नियमित सञ्चालन हुने जानकारी दिँदै सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति क्षमा याचना गरेको छ ।

    यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र एकान्तकुनाले सेवाग्राहीलाई थप सूचनाका लागि कार्यालयको आधिकारिक माध्यमबाट जानकारी लिन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार