Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सञ्चारमाध्यमअगाडि शंकास्पद रुपमा राखिएका दुई वटा गाडी व्यक्तिको र एउटा बैंकको नाममा


    सोमबार, असार २९ २०८३
    260
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सञ्चारमाध्यमका कार्यालय अगाडि राखिएका दुई वटा गाडी व्यक्तिको र एउटा गाडी बैंकको नाममा रहेको खुलेको छ।

    सोमबार बिहानै कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो छेकिने गरी गाडी पार्किङ गरेर राखिएको थियो। जसले गर्दा सञ्चारमाध्यमका कार्यरत पत्रकार र कर्मचारीलाई आफ्ना सवारी साधान कार्यालय हाताभित्र लग्न समेत समस्या भएको थियो।

    यातायात व्यवस्था विभागको तथ्या‌कअनुसार, कान्तिपुर पब्लिकेशनको कार्यालय अगाडि रहेको बा। प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ।

    त्यस्तै, अनलाइन खबरको कार्यालय अगाडि रहेको बा। १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको यातायात व्यवस्था विभाग स्रोतले जानकारी दिएको छ।

    यसैगरी हिमालयन टेलिभिनको कार्यालय अगाडि राखिएको बा १२ च १२५५ नम्बरको गाडी सुवाष भण्डारीको नाममा रहेको पाइएको छ।

    तीनै गाडी राख्ने मान्छेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

    नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली तीनै ठाउँका गाडी हटाएको छ। क्रेनको सहयोगमा गाडी हटाइएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार