Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडाको कर्रा खोलाले बगायो ट्रक, चालकले पौडिएर बचाए ज्यान 


    सोमबार, असार २९ २०८३
    250
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ ।

    प्रहरीका अनुसार सोमबार बिहान करिब ७स्४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।

    ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङसमेत ट्रकसँगै बगेका थिए । उनले पौडिएर आफैँ बाहिर निस्कन सफल भए पनि खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

    खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट ९लच्कामा० पानीको बहाव बढ्न गई ट्रक बगाएको बताइएको छ ।

    ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्किएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ ।

    ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार