काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ७स्४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।
ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङसमेत ट्रकसँगै बगेका थिए । उनले पौडिएर आफैँ बाहिर निस्कन सफल भए पनि खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट ९लच्कामा० पानीको बहाव बढ्न गई ट्रक बगाएको बताइएको छ ।
ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्किएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ ।
ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend