Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रहरीले मलाई विमानस्थलमा बोल्नै दिएन, पक्रेर घरमा ल्याइदियो’: दुर्गा प्रसाईं


    आइतबार, असार २८ २०८३
    105
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले घर पुर्‍याइदिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विमानस्थलभित्रै पत्रकार सम्मलेन गर्न खोजेपछि उनलाई प्रहरीले आफ्नो भ्यानमा हालेर भक्तपुरस्थित उनको घर पुर्‍याइदिएको हो।

    घर पुगेपछि प्रसाईंले भने, ‘मलाई विमानस्थलमा बोल्नै दिएन, पुलिसले पक्रेर भ्यानमा हाल्यो, अहिले मलाई घरमै ल्याएर छाडेको छ।’

    उनले आत्मदाह गरेका गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै सम्बोधन गर्न लागेका थिए।

    प्रसाईं आजै झापाबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार