Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुकुम्वासी व्यवस्थापनको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन


    आइतबार, असार २८ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुकुम्वासीको स्थायी व्यवस्थापनको माग उठाउँदै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा आइतबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ।

    प्रदर्शनमा मोर्चासँग आबद्ध प्रतिनिधिका साथै सुकुम्वासी समुदाय र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सरकारले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    प्रदर्शनका क्रममा उनीहरूले सुकुम्वासी व्यवस्थापनको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्। साथै, हालै पक्राउ परेका व्यक्तिहरूलाई बिना कुनै सर्त तत्काल रिहा गर्नुपर्ने मागसमेत राखिएको छ।

    प्रदर्शनकारीहरूले सुकुम्वासी सम्बन्धी विषयलाई दीर्घकालीन रूपमा समाधान गर्न राज्यले आवश्यक नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार