काठमाडौँ। वैदेशिक रोजगार विभागले विभागीय स्वीकृतिबिना भारतका विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको पुष्टि भएपछि १५९ वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारबाही गरेको छ।
विभागका अनुसार ती संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको निष्कर्ष निकाल्दै पहिलो चरणमा सचेत गराउने निर्णय गरिएको हो।
विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकको उडानसम्बन्धी विवरण माग गरी अनुगमन गरेको थियो। यसको उद्देश्य इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायीहरूले कानुनअनुसार नेपाली विमानस्थल प्रयोग गरेको वा नगरेको यकिन गर्नु रहेको विभागले जनाएको छ।
हाल सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्र मागिएको विवरण पेश गरेका थिए। प्राप्त विवरणको परीक्षणका क्रममा १५९ संस्थाले विभागको पूर्वअनुमति नलिई भारतीय विमानस्थलबाट श्रमिक पठाएको भेटिएको हो।
यस्तै, विभागको निर्देशनअनुसार आवश्यक विवरण पेश नगर्ने ४३९ संस्थालाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक चेतावनी दिइएको छ। विभागले ती संस्थालाई तत्काल आवश्यक विवरण उपलब्ध गराउन पुनः निर्देशनसमेत दिएको छ।
यसबीच, विभागले कानुनी व्यवस्था र विभागीय निर्देशन पटक(पटक अवज्ञा गर्ने आठ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको जनाएको छ। तीमध्ये तीन संस्थाले पुनः भारतीय विमानस्थलमार्फत श्रमिक पठाएको र पाँच संस्थाले मागिएको विवरण उपलब्ध नगराएको आधारमा आर्थिक दण्ड गरिएको विभागले स्पष्ट पारेको छ।
विभागले सबै वैदेशिक रोजगार व्यवसायीलाई ऐन, नियम तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता उल्लंघन दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्थाअनुसार विदेश जाने नेपाली श्रमिकलाई स्वदेशका विमानस्थलमार्फत पठाउनुपर्ने प्रावधान छ। विशेष परिस्थितिमा विदेशी विमानस्थल प्रयोग गर्नुपरे विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। भारतीय विमानस्थल हुँदै श्रमिक पठाइएको गुनासो बढेपछि विभागले २०८३ असार २६ गते सूचना जारी गर्दै सम्बन्धित संस्थासँग प्रयोग गरिएको विमानस्थलको विवरण माग गरेको थियो।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend