Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना सेमीफाइनल


    आइतबार, असार २८ २०८३
    190
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गरेको हो।

    खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए।

    खेलको दोस्रो हाफमा स्विजरल्यान्डले अर्जेन्टिना विरुद्ध गोल फर्कायो। स्विजरल्यान्डका लागि खेलको ६७ औं मिनेटमा डान एन्डोएले गोल गरेका हुन्।

    खेलको ७२ औं मिनेटमा स्विट्जल्यान्डका स्ट्राइकर ब्रेल एम्बोलोले रातो कार्ड बेहोरे। स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बन्यो। उनलाई फाउल गरेको भन्दै लिए अर्जेन्टिनाका लिएन्द्रो पारेडेसले पहिलो कार्ड पाएका थिए। तर भिडियो रेफ्री (भार) को निर्णयपछि स्विट्जरल्यान्डको फर्वार्डले सिमुलेसन (बाहना) गरेको भन्दै दोहोरो पहिलो कार्डसहित रातो कार्ड बेहोरेका हुन्।

    खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले थप गोल गर्न सकेनन् । जसको फलस्वरूप खेल अतिरिक्त समयमा लम्बियो। अतिरिक्त समयको ११२औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्यो। अर्जेन्टिनाको लागि जुलियन अल्भारेजले गोल गरेका हुन् ‌। यो गोल सहित अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड विरुद्ध अग्रता बनायो।

    खेलको अतिरिक्त समयमा थप गरिएको ४ मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३-१ को स्थितिमा ल्याए। यो नै अर्जेन्टिनाको लागि निर्णायक गोल रह्यो। अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग खेल्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार