नेपाल फेस डटकममामा २०८३ असार १२ मा प्रकाशित ‘प्रहरीमा लेखापाल सरूवाको तयारी, बालुवाटार र गृहको हस्तक्षेप नहुँदा पनि बोलकबोल कायमै’ शीर्षकको समाचारमा मेरो नामसमेत जोडेर प्रकाशित गरिएका सामग्रीप्रति मेरो गम्भीर आपत्ति, असहमति तथा खेद व्यक्त गर्दछु ।
उक्त समाचारमा मसँग सम्बन्धित भनी उल्लेख गरिएका विषयवस्तुहरू पूर्णरूपमा झुटो, आधारहीन, भ्रामक, कपोलकल्पित तथा मेरो चरित्र र प्रतिष्ठामा आँच पुर्याउने नियतले प्रकाशित गरिएको स्पष्ट गर्न चाहन्छु । समाचारमा लगाइएका आरोप, संकेत तथा दाबीहरूसँग मेरो कुनै प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता, सहभागिता वा सम्बन्ध छैन ।
झन् गम्भीर विषय के छ भने, यति संवेदनशील समाचार प्रकाशन गर्नुअघि पत्रकारिताको सामान्य मान्यता, सत्यापनको सिद्धान्त तथा पत्रकार आचारसंहिताअनुसार मसँग कुनै प्रतिक्रिया, धारणा वा स्पष्टीकरण लिन आवश्यक ठानिएन । यसले उक्त समाचार पूर्वाग्रही, एकपक्षीय र नियोजित रूपमा प्रकाशित भएको देखाउँछ ।
तथ्यहीन र अपुष्ट सामग्री प्रकाशन गरी मेरो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि, मान(सम्मान तथा व्यावसायिक जीवनमा गम्भीर क्षति पुन्याउने कार्य गरिएको हुँदा म यसलाई पत्रकारिताको मर्यादा, प्रेस स्वतन्त्रताको दुरूपयोग तथा व्यक्तिको संवैधानिक प्रतिष्ठामाथिको प्रहार को रूपमा लिएको छु ।
अतः पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) बमोजिम निम्न माग गर्दछु, प्रहरीमा लेखापाल सरूवाको तयारी, बालुवाटार र गृहको हस्तक्षेप नहुँदा पनि बोलकबोल कायमै ।’ शीर्षकमा प्रकाशित समाचारमा मेरो नाम जोडेर प्रस्तुत गरिएका सम्पूर्ण सामग्री झुटो, भ्रामक र तथ्यहीन रहेको स्पष्ट उल्लेख गरी तत्काल खण्डन प्रकाशित÷प्रसारित गरियोस् ।
२. मेरो यो खण्डन र आधिकारिक प्रतिक्रियालाई सोही प्राथमिकता, स्थान र महत्त्वका साथ प्रकाशित–प्रशारित गरियोस् ।
३. भविष्यमा तथ्य पुष्टि नगरी, कुनै व्यक्तिको प्रतिष्ठामा आँच पुन्याउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय सामग्री प्रकाशन नगर्ने प्रतिबद्धता जनाइयोस् ।
४. अन्यथा मेरो संवैधानिक तथा कानुनी अधिकारको प्रयोग गर्दे सम्बन्धित निकायमा थप कानुनी उपचार खोज्न बाध्य हुने व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।
सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताको मूल्य मान्यतालाई सम्मान गर्दै मेरो यो खण्डन यथाशीघ्र प्रकाशितरप्रसारित गरिदिन अनुरोध गर्दछु । –
यमुना के सी
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend