काठमाडौं : प्रतिनिधिसभाका सांसद खड्गबहादुर शाहीले आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको निधनमा राज्यले नाटक गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मुगुकै सांसद शाहीले राज्य र सरकारले निमुखा वर्गलाई आफै आत्महत्या गर्न वाध्य बनाउने अवस्था सिर्जना गरेको बताएका छन् ।
उनले मुगुका गणेश नेपालीको मृत्युमा वर्तमान सरकारले नाटक गरेको बताएका छन् । उनले हिजो आफू वीर अस्पताल गएर गणेशको अवस्था बुझेको र डाक्टरले ९५ प्रतिशत बाँच्ने अवस्था नभएको जानकारी गराएको उनले बताए ।
सांसद शाहीले गणेशको मृत्युको विषयमा गृहमन्त्रीलगायतले रातभर ‘स्टण्टबाजी’ गरेको आरोप समेत लगाए । उनले गृहमन्त्रीले घरी एयरपोट, घरी बीर अस्पताल कुदेको बताउँदै गृहमन्त्रीले गर्न खोजेको प्रयास ठिक भए पनि गणेश नेपाली हिजो राति नै बितिसकेको उनले दावी गरे । उनले गणेश नेपालीको विहानसम्म मृत्यु घोषणा नगरीको बताए ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend