Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • गणेश नेपालीको मृत्युमा सरकारले ‘स्टण्डबाजी’ गर्‍यो, हिजै मृत्य भएको रहेछ: सांसद शाही


    शुक्रबार, असार २६ २०८३
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं : प्रतिनिधिसभाका सांसद खड्गबहादुर शाहीले आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको निधनमा राज्यले नाटक गरेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मुगुकै सांसद शाहीले राज्य र सरकारले निमुखा वर्गलाई आफै आत्महत्या गर्न वाध्य बनाउने अवस्था सिर्जना गरेको बताएका छन् ।

    उनले मुगुका गणेश नेपालीको मृत्युमा वर्तमान सरकारले नाटक गरेको बताएका छन् । उनले हिजो आफू वीर अस्पताल गएर गणेशको अवस्था बुझेको र डाक्टरले ९५ प्रतिशत बाँच्ने अवस्था नभएको जानकारी गराएको उनले बताए ।

    सांसद शाहीले गणेशको मृत्युको विषयमा गृहमन्त्रीलगायतले रातभर ‘स्टण्टबाजी’ गरेको आरोप समेत लगाए । उनले गृहमन्त्रीले घरी एयरपोट, घरी बीर अस्पताल कुदेको बताउँदै गृहमन्त्रीले गर्न खोजेको प्रयास ठिक भए पनि गणेश नेपाली हिजो राति नै बितिसकेको उनले दावी गरे । उनले गणेश नेपालीको विहानसम्म मृत्यु घोषणा नगरीको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार