Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • गणेश नेपालीको मृत्युको जिम्मा सरकारले लिनुपर्छ: एमाले


    शुक्रबार, असार २६ २०८३
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

    शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन्।

    ‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् ।

    राज्यले लिने ट्राफिक जरिवना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह गरिन् ।

    यो घटनाको छानबिन गर्न पनि उनले माग गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार