Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • आत्मदाह गरेका गणेश नेपालीको निधन


    शुक्रबार, असार २६ २०८३
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राहदानी बिभाग त्रिपृुरेश्वरअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

    आत्मदाह गरी गम्भीर घाइते भएका २५ बर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार