काठमाडौं । प्रेमप्रसाद आचार्यले संसद भवन बानेश्वरअगाडि आत्मदाह गर्दा तत्कालीन सरकारको चर्को बिरोध गर्दै सामाजिक संजालमा राज्यको चरम असफलता भनेर टिप्पणी लेखेका प्रधानमन्त्री वालेन्द्र शाहले शासन संचालन गरेको १ सय दिनमै बिहीबार २ जनाले आत्महत्या प्रयास गरेका छन् ।
राहदानी बिभागको मूलगेट अगाडि त्रिपुरेश्वरमा काठमाडौं महानगर प्रहरीले मोटरसाइकलमा ह्वीललक गरेपछि जरिवाना तिर्न रकम नभएको पीडामा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरी प्राणत्याग गर्न खोजेपछि उनलाई हतार हतार वीर अस्पतालमा लगिएको छ । उनको अवस्थामा गम्भीर रहेको बताइएको छ ।
आत्मदाह गर्न खोजेका २५ बर्षीय नेपालीलाई अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । बिरामीको शरीरको झन्डै ६० प्रतिशत भाग जलन उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बिरामीको अनुहार, टाउको, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। बिरामीले सामान्यरूपमा बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
मुगु जिल्लाको सोरु गाउँपालिका–१ घर भई भक्तपुर २५ वर्षीय नेपालीले विभागको गेटमा पार्किङ गरेको बाइकमा महानगर प्रहरीले ह्वील लक गरेको थियो ।
दिउँसो करिब १ः४५ को समयमा उनले आफ्नै बाइकको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नो शरीरमा खन्याएका थिए ।
आफैँले शरीरमा आगो लगाएपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । नजिकै ड्युटीमा रहेका प्रहरीले पानी छ्यापेर उनलाई आगोबाट मुक्त गराएका थिए ।
नेपालीले आफैंले शरीरमा आगो लगाएर आत्महत्या गर्न खोजेको घटना सेलाउन नपाउँदै बिहीबार अपराह्न ४ बजेतिर एक महिलाले धोबीखोलामा हाम फालेर आत्महत्या गरिन् । अपराह्न ४ बजेतिर कालोपुल र रातोपुलको बीचमा पर्ने खोलामा हाम फालेकी महिला मृत फेलापरेकी छन् ।
महिलाको शव बल्खुको कुमारी क्लब अगाडि बागमती नदीमा फेलापरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताएका छन् । मृतक महिलाको पहिचान खुल्नसकेको छैन ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend