काठमाडौं । साढे तीन बर्षअघि २०७९ माघ ९ गते सङ्घीय संसद् भवन नयाँबानेश्वरअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको २ दिनपछि रास्वपा सभापति रवि लामिछानेले तत्कालीन सरकारलाई दोषी करार गर्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका थिए । तर, रास्वपा नेतृत्वको दुईतिहाईको सरकार गठन भएको ३ महिनामै राज्यको ज्यादतिले गर्दा गणेश नेपालीले बिहीबार राहदानी बिभागको मूलगेट अगाडि आत्मदाह गर्दा लामिछाने चुपचाप छन् ।
लामिछानेले राज्यले ज्यादति गरेकोमा माफी मागेका छैनन् । रास्वपाका सभापतिले आफ्नै पार्टीको सरकारले जरिवाना असुलीका लागि गरेको ज्यादति सहन गर्न नसकी गणेश नेपालीले आत्मदाहजस्तो आफैं आफ्नै शरीरमा आगो लगाउने परिस्थिति निम्तिएको जिम्मा लिनुपर्ने होइन भन्ने आवाज नागरिकले गर्न थालेका छन् ।
प्रेमप्रसादले त भाटभटेनी सुपरस्टोर्सले आफूसँग सामान उधारो लिएर समयमा नतिरेकाले आत्मदाहको बाटो समातेको बताएका थिए । तर गणेश नेपालीले त राज्यका निकायले ज्यादतिपूर्ण रुपमा तोकेको १० हजार जरिवाना तिर्नुपर्ने भएपछि आत्मदाहको बाटो रोजेका छन् ।
लामिछानेले त्यतिबेला एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र भन्दै लेखेका थिए–‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।’
रास्वपा नेता बालेन्द्र शाहको सरकार आएपछि इन्द्रबहादुर राईले बासस्थानबाट जबर्जस्ती लखेटेपछि आत्महत्या गरे । बिहीबारै एक महिला धोबीखोलामा हाम्फालेर मरिन् । गणेश नेपालीले आत्मदाह गरेपछि आफूले जरिवाना असुुल्न गरेको अत्याचार छोप्न उनलाई सरकारले उपचारार्थ भारत लगेको छ । तर ७० प्रतिशत भाग जलिसकेकाले उनको अवस्था चिन्ताजनक रहेको बताइन्छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend