Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धोबीखोलामा हाम फालेकी महिला मृत भेटिइन् 


    बिहिबार, असार २५ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा भेटिएकी छिन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, बल्खु कुमारी क्लबभन्दा तल खोलामा ती महिला मृत अवस्थामा फेला परेकी हुन् ।

    कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी थिइन् ।

    अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ । यद्यपि उनको परिचय भने खुलिसकेको छैन । के कारणले उनले खोलामा हाम फालिन् भन्ने पनि खुलेको छैन ।

    घटनालगत्तै प्रहरी उनको खोजीमा खटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार