काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित राहादनी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका युवकको अवस्था गम्भीर रहेको छ।
बिहीबार दिउँसो पौने २ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नं। ३ मा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका हुन्।
हाल भक्तपुरमा बस्दै आएका नेपालीलाई तत्कालै वीर अस्पताल पुर्याएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
प्रहरीका अनुसार, उनले राहदानी विभागको गेट अगाडि ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल राखेर गएका थिए। उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएको थियो।
त्यसपछि आएका उनले मोटरसाइकल भएकै स्थानमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
उनको शरीरका विभिन्न भागमा आगोले जलेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend