काठमाडौँ। आज बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि मित्रराष्ट्र नर्वेका राजदूत ड्याग्नी म्योसले शिष्टाचार भेट गरेकी छन्।
भेटका क्रममा नेपाल–नर्वेबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ।
नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा तथा अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायत क्षेत्रमा नर्वे सरकारले पुर्याइरहेको सहयोगको प्रशंसा गरिएको थियो।
मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेसन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन तथा जडीबुटी क्षेत्र सरकारका प्राथमिकतामा रहेको उल्लेख गर्दै यी क्षेत्रमा थप सहकार्यको अपेक्षा व्यक्त गरिन्।
राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताअनुरूप स्वास्थ्यलगायत क्षेत्रमा आगामी दिनमा पनि नर्वे सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend