Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २ हजार चार सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, असार २५ २०८३
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको हो।

    आज सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बुधबार भने सुन तोलामा दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६० रुपैयाँले घटेर ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार