काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारका विषयमा सरकारसमक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ।
बुधबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारसमक्ष गरेका सिफारिशमध्ये १३ प्रतिशत सिफारिस मात्रै पूर्ण रुपमा कार्यान्वयन भएको बताए।
उनकाअनुसार आयोगका सिफारिसमध्ये ३४ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएका छन् भने ५२ प्रतिशतभन्दा बढी सिफारिस अझै कार्यान्वयन हुन सकेका छैनन्।
‘आयोगले हाल सरकारलाई एक हजार ६३० वटा सिफारिश गरेको छ भने आठ हजार २६० वटा उजुरीहरू तामेलीमा राखिएका छन्। तर हामीले गरेका अधिकांश सिफारिशहरू कार्यान्वयन भएको अवस्था छैन,’ उनले भने।
हालसम्म आयोगमा १४ हजारभन्दा बढी उजुरी दर्ता भएको उनले बताए। तीमध्ये १० हजार ६ सय उजुरी फर्छ्यौट भइसकेको अध्यक्ष मगरले जानकारी दिए। उनले दुई हजार एक सय उजुरी अनुसन्धानको क्रममा रहेको जानकारी दिए।
सरकारलाई गरिएका सिफारिश कार्यान्वयनको अवस्था भने राम्रो नरहेको उनको भनाइ छ। ‘कार्यान्वयनको अवस्था हेर्ने हो भने आयोगका सिफारिशमध्ये १३ प्रतिशत मात्र सिफारिसहरू पूर्ण रुपमा कार्यान्वयन भएको अवस्था छ। ३४ प्रतिशत सिफारिशको आंशिक कार्यान्वयन भएको अवस्था छ र ५२ प्रतिशतभन्दा बढी सिफारिशहरू कार्यान्वयन नभएको अवस्था छ,’ उनले भने।
आयोगका सिफारिश कार्यान्वयनका लागि सरकारलाई पटकपटक भन्दै आएको उनले सुनाए। अझ द्वन्द्वकालीन मुद्दामा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषीलाई कारबाही गर्ने सम्बन्धी सिफारिश कार्यान्वयनमा ढिलाइ भइरहेको बताए।
‘आयोगका सिफारिश कार्यान्वयनको लागि हामीले सरकारलाई पटक पटक भनिराखेका छौँ,’ अध्यक्ष मगरले भने, ‘त्यसमा द्वन्द्वकालीन मुद्दाहरूमा पीडितलाई क्षतिपूर्ति दिने र दोषीलाई
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
काठमाडौँ । नेपाल नेत्र ज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु।...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend