Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • तयार रहेका राहदानी लिन आउन विभागको अनुरोध 


    बुधबार, असार २४ २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमा सेवा स्थानान्तरण (माइग्रेसन) सम्पन्न भएपछि राहदानी वितरण सेवा पुनः सञ्चालनमा आएको जनाएको छ।

    विभागले २०८३ असार २२ गते (१३ जुलाई २०२६) देखि हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरणको प्रक्रिया सुरु गरेको थियो।

    सोही कारण २०८३ असार २५ र २६ गते ९१६ र १७ जुलाई २०२६० राहदानीसम्बन्धी सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।

    असार २४ गते जारी सूचनामार्फत विभागले बन्द अवधिमा अन्य सेवा प्रभावित भए पनि यसअघि नै तयार भइसकेका राहदानी वितरण कार्य भने खुला रहने जानकारी दिएको छ।

    विभागले मोबाइलमा राहदानी संकलनका लागि एसएमएस सूचना प्राप्त गरिसकेका सेवाग्राहीलाई विभागमा सम्पर्क गरी आफ्नो राहदानी बुझ्न अनुरोध गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार