Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • कर्णालीका सबै पालिका र सदरमुकाम जोड्ने सडक ३ वर्षभित्र दुई लेन बनाउने मन्त्री लम्सालको घोषणा


    मंगलबार, असार २३ २०८३
    260
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन् ।

    मंगलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    मन्त्री लम्सालले कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

    हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै उनले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार