काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
विभागले २०८३ असार २३ गते प्रकाशित सूचनामार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
विभागका अनुसार जयवीर देउवाको स्थायी ठेगाना डडेलधुरा र हालको बसोबास बुढानीलकण्ठ नगरपालिका–२, काठमाडौँ रहेको उल्लेख गर्दै उनको निवासमा समेत हाजिर हुन आउनुपर्ने सूचना टाँस गरिएको छ।
सूचनामा ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोष भवनमा रहेको विभागको कार्यालयमा कार्यालय समयभित्र उपस्थित भई आवश्यक बयान तथा जानकारी उपलब्ध गराउन भनिएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत सूचनामा उल्लेख छ।
विभागले अनुसन्धानको विषयवस्तु वा अनुसन्धानसँग सम्बन्धित आरोपबारे भने कुनै थप विवरण सार्वजनिक गरेको छैन।
यसअघि यही अनुसन्धानका सिलसिलामा विभागले जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि उपस्थित हुन बोलाएको थियो।
उनीहरूले विभागलाई साउन मसान्तसम्म उपस्थित हुने जानकारी गराएको स्रोतले जनाएको छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend