काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
विभागले २०८३ असार २३ गते प्रकाशित सूचनामार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
विभागका अनुसार जयवीर देउवाको स्थायी ठेगाना डडेलधुरा र हालको बसोबास बुढानीलकण्ठ नगरपालिका–२, काठमाडौँ रहेको उल्लेख गर्दै उनको निवासमा समेत हाजिर हुन आउनुपर्ने सूचना टाँस गरिएको छ।
सूचनामा ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोष भवनमा रहेको विभागको कार्यालयमा कार्यालय समयभित्र उपस्थित भई आवश्यक बयान तथा जानकारी उपलब्ध गराउन भनिएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत सूचनामा उल्लेख छ।
विभागले अनुसन्धानको विषयवस्तु वा अनुसन्धानसँग सम्बन्धित आरोपबारे भने कुनै थप विवरण सार्वजनिक गरेको छैन।
यसअघि यही अनुसन्धानका सिलसिलामा विभागले जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि उपस्थित हुन बोलाएको थियो।
उनीहरूले विभागलाई साउन मसान्तसम्म उपस्थित हुने जानकारी गराएको स्रोतले जनाएको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend