काठमाडौं । चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता भएको छ सांसदहरूले २४ समूहमा १२२ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
सांसदहरू खड्ग शाही, निश्कल राई, वासना थापा, सुशिला ढकाल ९आचार्य०, सन्तोष सुब्बा, रेखा कुमारी यादव, रेनुका काउँचा, कमल सुवेदी, सरस्वती लामा, गंगालक्ष्मी अवाल, भीमकुमारी बुढामगर, गुरुप्रसाद बराल, पार्वती वि।क।को संशोधन प्रस्ताव छ ।
सांसदहरू मनिष झा, रिमा विश्वकर्मा, समिक्षा बास्कोटा, सुलभ खरेल, गणेश कार्की, अनुश्का श्रेष्ठ, विपिन कुमार आचार्य, ज्ञान बहादुर शाही, गणेशबहादुर विश्वकर्मा, भुमिका लिम्बु सुब्बा, प्रकाशचन्द्र परियार, रमेश कुमार मल्ल र भूमिका श्रेष्ठले पनि यो विधेयकमाथि संशोधन प्रस्ताव राखेका छन् ।
यो विधेयक १४ वैशाख २०८२ मा राष्ट्रिय सभामा दर्ता भएको थियो ।राष्ट्रिय सभाबाट पारित भएर आएको चलचित्र विधेयक प्रतिनिधिसभामा छलफलको प्रक्रियामा छ ।
विक्रम संवत् २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी समावेशी एवम् संघीय संरचना र नयाँ प्रविधिअनुरूप बनाउन नयाँ चलचित्र सम्बन्धी विधेयक तर्जुमा गर्नु यो विधेयकको उदेश्य रहेको छ ।
चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न, चलचित्र मार्फत देशलाई पर्यटन गन्तव्यको रुपमा अगाडि बढाउन, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्नु अघि चलचित्र जाँच गर्ने व्यवस्था गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न आवश्यक भएकोले विधेयक ल्याइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend