तनहुँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय तहका प्रमुखसम्मलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले यस्तो चेतावनी दिएका हुन् ।
‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन,’ मन्त्री लम्सालले भने ।
मन्त्री लम्सालले सरकारले काम गर्नेलाई संरक्षण गर्ने र जनताको हितविपरीत काम गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।
उनले थपे, ‘काम चाहिँ गर्नु पर्यो, काम चाहिँ गराउनु पर्यो । विकास त हुनु पर्यो नि १ अनि त्यो एटिट्युडमा हजुरहरुले चाही काम गर्नु पर्यो ।’
तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने मन्त्री लम्सालको भनाइ थियो । जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गर्दै उनले सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend