काठमाडौँ । नेपाली काँग्रेस धनकुटासँग आबद्ध १९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
राजीनामा दिनेमा महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधानसभा सदस्य अञ्जना ताम्लीसमेत रहेकी छन्। उनीहरूले पार्टीका महामन्त्री गगन थापालाई सम्बोधन गर्दै पार्टी सदस्यता त्याग गरेको जानकारी गराएका हुन्।
राजीनामा दिने अन्य नेतामा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा तथा क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत रहेका छन्। उनीहरूले पार्टीभित्र वैचारिक मतभेद बढ्दै गएको र सक्रिय रूपमा काम गर्ने अनुकूल वातावरण नभएको उल्लेख गरेका छन्।
पार्टी त्याग गरेका नेताहरूले आगामी राजनीतिक यात्रा कुन दल वा अभियानसँग जोडिने भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि, उनीहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीतर्फ जान सक्ने चर्चा स्थानीय राजनीतिक वृत्तमा भइरहेको जनाइएको छ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend