Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा धुर्बे हात्तीले लियो आमा छोराको ज्यान


    आइतबार, असार २१ २०८३
    215
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगलबाट आएको धुर्बे नामको भाले हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ ।

    भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार ११ बजे जंगली हात्तीले पूर्ण बोटेको घरमा आक्रमण गरेको थियो । वडा अध्यक्ष दीपक दवाडीका अनुसार सुतिरहेकै अवस्थामा हात्तीले आक्रमण गर्दा पूर्ण बोटेको श्रीमती २५ वर्षकी आशिका र उनको छोरा ४ वर्षका भरतको मृत्यु भएको हो ।

    पूर्णले हात्ती धपाउन आगो बाल्ने क्रममा कच्ची घरमा समेत आगलागी भएको प्रहरीले बताएको छ । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

    घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समुदायबीच छलफल भएको छ ।

    नयाँ गोरखा गण, भरतपुर महानगर वडा नम्बर २३ को वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर, बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिको उपस्थितिमिा छलफल भएको हो ।

    हात्ती तत्काल नियन्त्रणमा लिन आवस्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकको घर निर्माण गराउने र मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आवस्यक काम गर्ने छलफल भएको थियो ।

    वडा अध्यक्ष दवाडीले छलफलपछि सहमति भएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार