चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगलबाट आएको धुर्बे नामको भाले हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार ११ बजे जंगली हात्तीले पूर्ण बोटेको घरमा आक्रमण गरेको थियो । वडा अध्यक्ष दीपक दवाडीका अनुसार सुतिरहेकै अवस्थामा हात्तीले आक्रमण गर्दा पूर्ण बोटेको श्रीमती २५ वर्षकी आशिका र उनको छोरा ४ वर्षका भरतको मृत्यु भएको हो ।
पूर्णले हात्ती धपाउन आगो बाल्ने क्रममा कच्ची घरमा समेत आगलागी भएको प्रहरीले बताएको छ । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।
घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समुदायबीच छलफल भएको छ ।
नयाँ गोरखा गण, भरतपुर महानगर वडा नम्बर २३ को वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर, बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिको उपस्थितिमिा छलफल भएको हो ।
हात्ती तत्काल नियन्त्रणमा लिन आवस्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकको घर निर्माण गराउने र मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आवस्यक काम गर्ने छलफल भएको थियो ।
वडा अध्यक्ष दवाडीले छलफलपछि सहमति भएको जानकारी दिए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend