Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारको १०० दिनस् ४६५ सुकुम्वासी परिवारले पाए राहत 


    शनिबार, असार २० २०८३
    180
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले काठमाडौँका विभिन्न सुकुम्वासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिबार सरकारका सय दिने प्रगति सार्वजनिक गर्दै विस्थापित सुकुम्वासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिए ।

    सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो । ११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौँका १७ सुकुम्वासी बस्तीबाट दुई हजार ६०८ परिवार विस्थापनमा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार