काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ ।
सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धिबारे जानकारी गराएका हुन् ।
वर्तमान सरकारले सय दिने कार्यसूची नै तयार पारेर काम अघि बढाएको थियो।
सरकारका सय दिने सार्वजनिक प्रगतिमा विस्थापित सुकुम्वासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिए ।
सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो । ११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौँका १७ सुकुम्वासी बस्तीबाट दुई हजार ६०८ परिवार विस्थापनमा परेका थिए ।
त्यसैगरी सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । उनले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको बताए भने राष्ट्रिय सदाचार नीति २०८३ जारी गरिएको समेत बताए । पोखरेलले १० वटा सहकारीबाट २ करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको समेत जानकारी दिए ।
मल, औषधि तथा अत्यावश्यक औषधि खरिदलाई सहजीकरण गर्न सार्वजनिक खरिद दोस्रो संशोधन सङ्घीय संसदमा पेस भएको जानकारी समेत उनले दिए । सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको सरकारको प्रगति विवरणमा उल्लेख छ ।
https://drive.google.com/file/d/1-NwJp0ZxnMuVGl5PokjhPkUQvR8muUQf/view?usp=drivesdk
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend