Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा यात्रुवाहक बस दुर्घटना हुदा १७ जना घाइते


    शुक्रबार, असार १९ २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

    बस दुर्घटनामा परि १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता भुवन तिमल्सिनाले जानकारी दिए ।

    बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार