काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहको बैठक शुक्रबार गल्फुटारस्थित नेता पूर्णबहादुर खड्काको निवासमा बसेको छ। समूहको भावी राजनीतिक रणनीति तथा सातै प्रदेशमा सम्पन्न प्रदेशस्तरीय भेलाको समीक्षा बैठकको मुख्य एजेन्डा रहेको जनाइएको छ।
बैठकमा पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला र प्रकाशमान सिंह सहभागी भएका छन्। त्यसैगरी पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही तथा नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा। प्रकाश शरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना र मोहन बस्नेतलगायतको उपस्थिति रहेको छन्।
बैठकअघि संस्थापनइतर समूहका नेताहरूबीच विभिन्न चरणमा आन्तरिक छलफल भएका थिए। बिहीबार बिहान पूर्णबहादुर खड्का र डा। शेखर कोइरालाबीच खड्का निवासमै भेटवार्ता भएको थियो। त्यसपछि खड्काले महाराजगञ्ज पुगेर पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग पनि छलफल गरेका थिए।
यसैगरी बिहीबार नै विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच बानेश्वर हाइटस्थित निधि निवासमा पनि परामर्श भएको थियो।
संस्थापनइतर समूहले यसअघि सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। तीमध्ये कोशी प्रदेशको भेलामा डा। शेखर कोइरालाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका थिए।
आजको बैठकमा प्रदेश भेलाबाट प्राप्त सुझाव, संगठनात्मक अवस्थाको समीक्षा तथा आगामी राजनीतिक कार्यक्रम र रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend