Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमती हत्या प्रकरणमा नेपाली ब्रो र प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान


    बिहिबार, असार १८ २०८३
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीशमहेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

    नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

    त्यसपछि यो प्रकरणमा नुवाकोट घर भएका ३८ वर्षी नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परेका थिए ।

    अदालतले साथी पुजन र भाइ विक्रमलाई भने १ लाख धरौटीमा छाड्न आदेश दिइएको छ । प्रहरीको अनुसन्धान अनुसार विवाहेत्तर सम्बन्धदेखि लामो समयदेखिको पारिवारिक कलहका कारण हत्या भएको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार