काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट)छपाइमा हुन लागेको अर्बौँको आर्थिक चलखेल र संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ । बिहीबार बसिरहेको प्रतिनिधिसभा बैठकमा सुरुमै कांग्रेस लगायतका विपक्षी दलहरूले विरोध गरेका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेसका सांसदका सांसद खडकबहादुर बुढालाई बोल्न दिएका थिए । बुढाले भ्रष्टाचारको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा आफ्नै पार्टीका नेता वा मन्त्री संलग्न भए पनि उन्मुक्ति दिन नहुने बताए ।
सांसद बुढाले पासपोर्ट छपाइ खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको बताए । ‘पासपोर्ट छपाइमा जो कोही भए पनि, चाहे हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्छ। निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ,’ बुढाले भने ।
सांसद बुढाले राहदानी विभागका महानिर्देशकलाई धम्क्याएर सस्तोमा आपूर्ति हुने नयाँ सम्झौता खारेज गरी पुरानै कम्पनीबाट प्रति पासपोर्ट २ डलर महँगोमा खरिद गर्न दबाब दिइएको बताए । सरकार, भेरिएसन अर्डर मार्फत भ्रष्टाचारमा लिप्त हुन खोजेको आरोप लगाउँदै उनले भने, ‘विगतका ‘ओम्नी’ जस्तै अर्बौँको काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बन्धक जस्तै बनाएर थर्काइएकोमा पनि बुढाले आपत्ति जनाए । उनले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न पनि प्रश्न उठाए ।
प्रधानमन्त्रीका सल्लाहकारहरूले मन्त्री र संवैधानिक निकायको मर्यादा मिचेर हुकुम चलाउन खोजेको भन्दै उनले सरकारको कार्यशैलीको आलोचना गरे । सरकारले न संविधान न त कानुन, केवल हुकुम चलाउन खोजेको उनको आरोप थियो।
सांसद बुढाले संसद्मा प्रतिपक्षीको आवाज नसुनेको र सरकार सुशासनको सस्तो हल्लामा मात्र केन्द्रित भएको भन्दै आरोप लगाए ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend