काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट)छपाइमा हुन लागेको अर्बौँको आर्थिक चलखेल र संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ । बिहीबार बसिरहेको प्रतिनिधिसभा बैठकमा सुरुमै कांग्रेस लगायतका विपक्षी दलहरूले विरोध गरेका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेसका सांसदका सांसद खडकबहादुर बुढालाई बोल्न दिएका थिए । बुढाले भ्रष्टाचारको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा आफ्नै पार्टीका नेता वा मन्त्री संलग्न भए पनि उन्मुक्ति दिन नहुने बताए ।
सांसद बुढाले पासपोर्ट छपाइ खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको बताए । ‘पासपोर्ट छपाइमा जो कोही भए पनि, चाहे हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्छ। निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ,’ बुढाले भने ।
सांसद बुढाले राहदानी विभागका महानिर्देशकलाई धम्क्याएर सस्तोमा आपूर्ति हुने नयाँ सम्झौता खारेज गरी पुरानै कम्पनीबाट प्रति पासपोर्ट २ डलर महँगोमा खरिद गर्न दबाब दिइएको बताए । सरकार, भेरिएसन अर्डर मार्फत भ्रष्टाचारमा लिप्त हुन खोजेको आरोप लगाउँदै उनले भने, ‘विगतका ‘ओम्नी’ जस्तै अर्बौँको काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बन्धक जस्तै बनाएर थर्काइएकोमा पनि बुढाले आपत्ति जनाए । उनले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न पनि प्रश्न उठाए ।
प्रधानमन्त्रीका सल्लाहकारहरूले मन्त्री र संवैधानिक निकायको मर्यादा मिचेर हुकुम चलाउन खोजेको भन्दै उनले सरकारको कार्यशैलीको आलोचना गरे । सरकारले न संविधान न त कानुन, केवल हुकुम चलाउन खोजेको उनको आरोप थियो।
सांसद बुढाले संसद्मा प्रतिपक्षीको आवाज नसुनेको र सरकार सुशासनको सस्तो हल्लामा मात्र केन्द्रित भएको भन्दै आरोप लगाए ।
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend