काठमाडौं। प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकाको सदस्यता संख्या उल्लेख भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विवादमा परेको छ। बालबालिकालाई सदस्यता दिएको विषयमा सार्वजनिक प्रश्न उठेपछि राष्ट्रिय मानव अधिकार आयोगले पार्टीसँग औपचारिक रूपमा स्पष्टीकरण मागेको छ।
रास्वपाले भने १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्य नबनाएको दाबी गर्दै प्रतिवेदनमा समावेश तथ्यांक प्रारम्भिक आवेदनको कच्चा विवरणमात्रै भएको जिकिर गरेको छ।
रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको जानकारी प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
आयोगका सहायक प्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले पठाएको पत्रमा बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरिएको भन्ने विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
पार्टीको महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सदस्यता वितरण गरिएको पाइएमा त्यस्तो कार्य प्रचलित कानुन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने मानव अधिकार आयोगले उल्लेख गरेको छ।
गत असार ७ गतेदेखि ६ दिनसम्म चलेको महाधिवेशनमा तत्कालीन महासचिव कविन्द्र बुर्लाकोटीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदनमा ठूलो संख्यामा १८ वर्षमुनिका बालबालिकाको विवरण समावेश थियो। आयोगले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन ?’ भन्नेबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन रास्वपालाई पत्राचार गरेको हो।
रास्वपाले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा पार्टीको विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिकमात्रै पार्टी सदस्य बन्न सक्ने व्यवस्था छ। ‘१८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने पार्टीको कुनै नीति, अभ्यास वा उद्देश्य छैन,’ रास्वपाले भनेको छ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend