काठमाडौं। प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकाको सदस्यता संख्या उल्लेख भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विवादमा परेको छ। बालबालिकालाई सदस्यता दिएको विषयमा सार्वजनिक प्रश्न उठेपछि राष्ट्रिय मानव अधिकार आयोगले पार्टीसँग औपचारिक रूपमा स्पष्टीकरण मागेको छ।
रास्वपाले भने १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्य नबनाएको दाबी गर्दै प्रतिवेदनमा समावेश तथ्यांक प्रारम्भिक आवेदनको कच्चा विवरणमात्रै भएको जिकिर गरेको छ।
रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको जानकारी प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
आयोगका सहायक प्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले पठाएको पत्रमा बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरिएको भन्ने विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
पार्टीको महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सदस्यता वितरण गरिएको पाइएमा त्यस्तो कार्य प्रचलित कानुन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने मानव अधिकार आयोगले उल्लेख गरेको छ।
गत असार ७ गतेदेखि ६ दिनसम्म चलेको महाधिवेशनमा तत्कालीन महासचिव कविन्द्र बुर्लाकोटीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदनमा ठूलो संख्यामा १८ वर्षमुनिका बालबालिकाको विवरण समावेश थियो। आयोगले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन ?’ भन्नेबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन रास्वपालाई पत्राचार गरेको हो।
रास्वपाले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा पार्टीको विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिकमात्रै पार्टी सदस्य बन्न सक्ने व्यवस्था छ। ‘१८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने पार्टीको कुनै नीति, अभ्यास वा उद्देश्य छैन,’ रास्वपाले भनेको छ।
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend