काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो ।
प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेपछि भाडा दर बुधबारबाटै लागु हुनेगरि समायोजन गरिएको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको छ ।
नयाँ कायम गरिएको फ्यूल सरचार्ज अनुसार काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको छ । काठमाडौं–भरतपुर ६ हजार ८७५ मा झरेको छ भने काठमाडौं–विराटनगर ५ हजार ५ सय कायम भएको छ ।
त्यस्तै, नेपालगन्ज–भद्रपुर रुटमा फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ । यसअघि १५ हजार ७२५ रहेको थियो । साथै काठमाडौं–धनगढी रुटमा १० हजार १२० रुपैयाँ, काठमाडौं-सुर्खेत रुटमा ७ हजार ९१५ रुपैयाँ र काठमाडौं पोखरामा ३ हजार ६३५ रुपैयाँमा झरेको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend