काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए। मनिखले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले नेपालको संघीय संसद् र शुरा काउन्सिलबीच संसदीय सहकार्यलाई थप सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताए।
उनले संघीय संसद्को हालैको निर्णयअनुसार नेपाल(साउदी अरब संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै यसले दुवै मुलुकका संसदबीच साझा हितका विषयमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।
सभामुख अर्यालले नेपाल र साउदी अरबबीच विशेष गरी श्रम आप्रवासका क्षेत्रमा विकसित सहकार्यको प्रशंसा गर्दै नेपाली श्रमिकलाई प्राथमिकता दिएकोमा साउदी पक्षप्रति आभार व्यक्त गरेका थिए।
राजदूत मनिखले नेपाल-साउदी सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा सहकार्यलाई थप अघि बढाइने बताए।
आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने अवसर रहेको पनि छलफलका क्रममा उल्लेख गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदी अरबमा तीन लाख ८४ हजार ८६५ नेपाली रोजगारीमा रहेका छन्।
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend