काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्। राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा पनि सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए।
उनका अनुसार द्विपक्षीय प्राविधिक समितिले अधिकांश स्थानको सीमा निर्धारण गरिसकेको भए पनि सुस्ता र लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रमा भने प्राविधिक तहबाट सीमांकन टुंगो लागेको छैन।
उनले ती भूभाग नेपालको भएको दाबी दोहोर्याउँदै नेपालसँग त्यसका लागि ऐतिहासिक आधार, प्रमाण र नक्सा रहेको बताए। ‘हामी हाम्रो दाबीका आधारमा कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न चाहन्छौं,’ उनले भने।
उनले उक्त विवादलाई शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश तयार रहेको बताए।
मन्त्री खनालले नेपाल र भारतबीच सदियौंदेखि खुला सीमा कायम रहेको उल्लेख गर्दै नेपालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित भएको बताए। उनका अनुसार नेपाल-भारत सीमाको अधिकांश भाग निर्धारण भइसके पनि सुस्ता तथा लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रमा सीमांकन अझै टुंगो लाग्न बाँकी छ।
उनले सुस्तास्थित नारायणी नदी किनारमा करिब एक किलोमिटर लम्बाइको तटबन्ध निर्माण भइरहे पनि त्यसमा भारतीय पक्षबाट कुनै अवरोध वा हस्तक्षेप नभएको बताए। यद्यपि, त्यही क्षेत्रमा सञ्चालित सिँचाइ आयोजनाका विषयमा भने दुवै देशबीच संवाद आवश्यक रहेको उनको भनाइ थियो।
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend