काठमाडौं । गएको २०८२ चैतदेखि कुकुरदेखि बिभिन्न जनावरले टोक्दा लगाउनुपर्ने एन्टी रेबिज भ्याक्सिन(एआरभी) को अभाव भए पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीरतापूर्वक नलिएको पाइएको छ । स्वास्थ्य सेवा बिभागबाट समयमा भ्याक्सिन खरिदको निर्णय नहुँदा भ्याक्सिन अभाव भएको हो ।
नेपालफेस डटकमले वालेन्द्र शाह नेतृत्वको सरकार गठन लगत्तै चैत २१ मा एन्टीरेबिज र सर्पदंशको भ्याक्सिन अभाव भएको समाचार प्रकाशित गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले एन्टीरेबिज भ्याक्सिन खरिद छिट्टै गर्ने बताएका थिए । तर असारसम्म पनि एन्टीरेबिज भ्याक्सिन खरिद हुन नसक्दा देशभर हाहाकार हुने अवस्था निम्तिएको छ ।
स्वास्थ्य सेवा बिभागले समयमा टेण्डर गरी खरिद गर्न नसक्दा एन्टी रेबिज भ्याक्सिन(एआरभी) अभाव भएको पुष्टि भइसकेको छ । तर सरकारले समयमा भ्याक्सिन खरिद किन हुन सकेन भनेर खोजीनीति गर्न सकेको छैन ।
प्रदेश आपूर्ति केन्द्र, संघीय अस्पताल, प्रदेश अस्पताल, नगर अस्पताल सबैतिर एआरभी अभाव भएको बिषय समेत नेपालफेसले उजागर गरेको थियो । अघिल्लो सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा, सचिव डा. बिकास देवकोटाले यी औषधिहरु समयमै खरिद गर्ने बाताबरण नबनाएकाले अहिले अभाव भएको हो । यसमा सचिव देवकोटाले मुख्य जिम्मेवारी लिनुपर्ने हो ।
सचिव देवकोटाले स्वास्थ्य सेवा बिभागको महानिर्देशकको जिम्मा कार्यक्षमता नै नभएका डा. केशर ढकाललाई दिए । उनले आपूर्ति शाखाबाट समयमा औषधि खरिदको बोलपत्र समेत गर्न नसक्दा कुकुरले टोकेको आरभी खोप, सर्पदंशदेखि महामारीको औषधि अभाव भएको मन्त्रालयका अधिकारीको बुझाइ छ । डा. ढकाल जेठमै अवकाश भइसकेका छन् ।
बिगतमा तत्कालीन स्वास्थ्य सेवा बिभागकी महानिर्देशक डा. संगीता कौशल मिश्र, डा. सुरेन्द्र चौरसियालाई औषधि खरिदमा भ्रष्टाचार मुद्दा लागेपछि बिभागका महानिर्देशक हतपत्त औषधि खरिदको टेण्डर नै गर्न हच्किने गरेकाले पनि एभी खोप समयमा खरिद हुन नसकेको मन्त्रालय स्रोत बताउँछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरु खरिद ऐन र मुद्दामामिलाले गर्दा पनि खरिद समयमा हुन नसकेको बताउँछन् ।
अन्तर्राष्टिय बोलपत्र गर्दा ४५ दिनको सूचना दिनुपर्दछ । परेका बोलपत्रको मूल्याङ्कन र सम्झौता गर्दा समान डेलिभरी गर्न अर्कोे आर्थिक बर्ष लाग्छ । अत्यावश्यक औषधि र भ्याक्सिन खरिद फाष्टट्रयाकबाट गर्ने बाटो सरकारले गर्न ढिला भएको मन्त्रालयका अधिकारी बताउँछन् ।
अहिलेकी स्वास्थ्य मन्त्री निशा मेहताले पद सम्हालेको तीन महिना पुग्दा पनि उनले पनि आरभी खोप खरिदमा आवश्यक चासो नलिएकाले अहिले चरम अभावको अवस्था आएको बुझाइ स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको छ । मेहता मन्त्रालय सम्हाल्नासाथ तत्काल एआरभी, सर्पदंश र महामारी नियन्त्रणमा आवश्यक औषधि खरिद गर्नुपर्नेमा उनी पनि भाइरल हुन विशेषज्ञ चिकित्सकको सरुवाजस्ता हल्काफुल्का काममा रमाउन पुगिन् । कर्मचारी र चिकित्सकको काजफिर्ता वा सरुवालाई ठूलो उपलब्धि जस्तो प्रचार गर्न पुगिन् ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend