काठमाडौं । स्वास्थ्य सेवा बिभागले समयमा टेण्डर गरी खरिद गर्न नसक्दा कुकुरदेखि अन्य जनावरले टोकेको ठाउँमा लगाउने एन्टी रेबिज भ्याक्सिन(एआरभी)को अभाव भएको छ ।
प्रदेश आपूर्ति केन्द्र, संघीय अस्पताल, प्रदेश अस्पताल, नगर अस्पताल सबैतिर एआरभी अभाव भएको छ । स्वास्थ्य सेवा बिभागबाट समयमा भ्याक्सिन खरिदको निर्णय नहुँदा भ्याक्सिन अभाव हुने भएको छ ।
हाल तत्काल समस्या समाधान गर्न बिश्व स्वास्थ्य संगठनसँग २ हजार भायल सहयोग मागेर ल्याएको अवस्था छ । समयमा टेण्डर नहुँदा आगामी बैशाख महिनामा खुवाउने भिटामिन ए, सर्पदंशको भ्याक्सिन र बिभिन्न महामारीका औषधिको पनि अभाव हुने देखिएको छ ।
यी औषधिहरु समयमै खरिद गर्ने बाताबरण बनाउने जिम्मेबारी अघिल्लो सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा, सचिव डा. बिकास देवकोटाको रहेको थियो । तर डा. शर्माले आफू मातहत मन्त्रालयको निकायको समस्या समाधानमा खासै मतलब गरेको पाइएन । सुधा शर्माको मुख्य उद्देश्य पूर्ब पश्चिम सबैतिर घुमेर रमाइलो गर्नमै सीमित रह्यो ।
सचिव डा. बिकाश देवकोटा पनि मुखले मिठो मसिनो बोल्ने कलमले सही नगर्ने मन्त्रालय मातहतको समस्यालाई ध्यान नदिनेमा पर्दछन् । उनले स्वास्थ्य सेवा बिभागको महानिर्देशकको जिम्मा कार्यक्षमता नै नभएका डा. केशर ढकाललाई दिए । उनले आपूर्ति शाखाबाट समयमा औषधि खरिदको बोलपत्र समेत गर्न नसक्दा कुकुरले टोकेको आरभी खोप, सर्पदंशदेखि महामारीको औषधि अभाव हुने भएको छ । डा. ढकाल २ महिनापछि आगामी जेठमै अवकाश हुँदैछन् ।
बिगतमा तत्कालीन स्वास्थ्य सेवा बिभागकी महानिर्देशक डा. संगीता कौशल मिश्र, डा. सुरेन्द्र चौरसियालाई औषधि खरिदमा भ्रष्टाचार मुद्दा लागेपछि बिभागका महानिर्देशक हतपत्त औषधि खरिदको टेण्डर नै गर्न हच्किने गरेका छन् ।
अहिलेकी स्वास्थ्य मन्त्री निशा मेहताले पदभार सम्हालेको एक साता भइसकेको छ । तर मन्त्रालयले तत्काल गर्नुपर्ने एआरभी, सर्पदंश र महामारी नियन्त्रणमा आवश्यक औषधि खरिदमा उनको ध्यान पुग्न सकेको छैन । अथवा उनलाई बिभागले यो औषधि खरिद तत्काल गर्नुपर्ने कुरा जानकारी नगराएको पनि हुनसक्छ । उनी अत्यावश्यक औषधि खरिद गर्ने कामलाई प्राथमिकता नदिएर भाइरल हुने कामतिर मात्र उनी केन्द्रित भएको देखिन्छ । कर्मचारी र चिकित्सकको काजफिर्ता वा सरुवालाई ठूलो उपलब्धि जस्तो प्रचार गरिएको छ । जुन नियमित प्रशासनिक कार्य हो, जुन मन्त्रालयको सचिव सहसचिवस्तरको निर्णयबाट नियमित रुपमा हुने गर्दछ ।
गर्मी समयमा आउने महामारीको पूर्व तयारी जनशक्ति औषधि पूर्ब तयारी पनि कमजोर छ । एआरभी औषधि अभाव भएर नागरिकको ज्यान गए को जवाफदेही हुन्छ ? नेपालभरका अस्पतालमा रेबिजको भ्याक्सिन अभाव छ ।
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा मात्र दैनिक २ सय भायल एन्टी रेबिज भ्याक्सिन आबश्यक पर्दछ । तर सरुवा रोग अस्पताल टेकुमा रेबिजको भ्याक्सिन अभाव हुन लागेको छ । सुशीला कार्की सरकारकी स्वास्थ्य मन्त्री डा. शर्मा र सचिव देवकोटाको अकर्मन्यताले गर्दा एन्टी रेबिज भ्याक्सिन अभाव भई धेरैको जीवन जोखिममा पर्ने संभावना देखिएको छ ।
उल्लेखित रोगका भ्याक्सिन र औषधि नेपालभर कति चाहिन्छ हिसाव मन्त्रालयले गरेको छैन । अर्को अर्थ मन्त्रालयले चाहिने जति बजेट नदिएकाले पनि अत्यावश्यक भ्याक्सिन र औषधि खरिद हुन नसकेको गुनासो छ । अर्को बिनियोजन भएको बजेटबाट पनि बिभागले समयमा औषधि र भ्याक्सिन किन्न सक्दैन ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरु खरिद ऐन र मुद्दामामिलाले गर्दा पनि खरिद समयमा हुन नसकेको बताउँछन् । अन्तर्राष्टिय बोलपत्र गर्दा ४५ दिनको सूचना दिनुपर्दछ । परेका बोलपत्रको मूल्याङ्कन र सम्झौता गर्दा समान डेलिभरी गर्न अर्कोे आर्थिक बर्ष लाग्छ । अत्यावश्यक औषधि र भ्याक्सिन खरिद फाष्टट्रयाकबाट गर्ने बाटो सरकारले गर्न ढिला भएको मन्त्रालयका अधिकारी बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले एन्टी रेबिज भ्याक्सिन लगायतका अत्यावश्यक औषधि खरिद समयमा हुन नसक्दा अभाव हुन लागेको स्वीकार गर्दै नेपालफेससँग भने–‘मन्त्रालयलाई अभाव हुन लागेको जानकारी छ ।
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा(इपीसीडी)ले मलाई हिजो(बिहीबार) सम्बन्धित महाशाखा इपीसीडीले दिएको तथ्यांक अनुसार ८ हजार एउटा, एउटा ४ हजार जति छ । त्यो २–३ महिनालाई पुग्छ । आज(शुक्रबार) वा कहिले टेण्डर खुल्ने थियो । त्यो समयावधिसम्म पुग्ला जस्तो छ । यदि टेण्डर गरिएको अवधि अगावै अभाव हुने देखिएमा थोरै थोरै खरिद गरेर भए पनि अभाव हुन दिंदैनौं ।’
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend