काठमाडौं । स्वास्थ्य सेवा बिभागले समयमा टेण्डर गरी खरिद गर्न नसक्दा कुकुरदेखि अन्य जनावरले टोकेको ठाउँमा लगाउने एन्टी रेबिज भ्याक्सिन(एआरभी)को अभाव भएको छ ।
प्रदेश आपूर्ति केन्द्र, संघीय अस्पताल, प्रदेश अस्पताल, नगर अस्पताल सबैतिर एआरभी अभाव भएको छ । स्वास्थ्य सेवा बिभागबाट समयमा भ्याक्सिन खरिदको निर्णय नहुँदा भ्याक्सिन अभाव हुने भएको छ ।
हाल तत्काल समस्या समाधान गर्न बिश्व स्वास्थ्य संगठनसँग २ हजार भायल सहयोग मागेर ल्याएको अवस्था छ । समयमा टेण्डर नहुँदा आगामी बैशाख महिनामा खुवाउने भिटामिन ए, सर्पदंशको भ्याक्सिन र बिभिन्न महामारीका औषधिको पनि अभाव हुने देखिएको छ ।
यी औषधिहरु समयमै खरिद गर्ने बाताबरण बनाउने जिम्मेबारी अघिल्लो सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा, सचिव डा. बिकास देवकोटाको रहेको थियो । तर डा. शर्माले आफू मातहत मन्त्रालयको निकायको समस्या समाधानमा खासै मतलब गरेको पाइएन । सुधा शर्माको मुख्य उद्देश्य पूर्ब पश्चिम सबैतिर घुमेर रमाइलो गर्नमै सीमित रह्यो ।
सचिव डा. बिकाश देवकोटा पनि मुखले मिठो मसिनो बोल्ने कलमले सही नगर्ने मन्त्रालय मातहतको समस्यालाई ध्यान नदिनेमा पर्दछन् । उनले स्वास्थ्य सेवा बिभागको महानिर्देशकको जिम्मा कार्यक्षमता नै नभएका डा. केशर ढकाललाई दिए । उनले आपूर्ति शाखाबाट समयमा औषधि खरिदको बोलपत्र समेत गर्न नसक्दा कुकुरले टोकेको आरभी खोप, सर्पदंशदेखि महामारीको औषधि अभाव हुने भएको छ । डा. ढकाल २ महिनापछि आगामी जेठमै अवकाश हुँदैछन् ।
बिगतमा तत्कालीन स्वास्थ्य सेवा बिभागकी महानिर्देशक डा. संगीता कौशल मिश्र, डा. सुरेन्द्र चौरसियालाई औषधि खरिदमा भ्रष्टाचार मुद्दा लागेपछि बिभागका महानिर्देशक हतपत्त औषधि खरिदको टेण्डर नै गर्न हच्किने गरेका छन् ।
अहिलेकी स्वास्थ्य मन्त्री निशा मेहताले पदभार सम्हालेको एक साता भइसकेको छ । तर मन्त्रालयले तत्काल गर्नुपर्ने एआरभी, सर्पदंश र महामारी नियन्त्रणमा आवश्यक औषधि खरिदमा उनको ध्यान पुग्न सकेको छैन । अथवा उनलाई बिभागले यो औषधि खरिद तत्काल गर्नुपर्ने कुरा जानकारी नगराएको पनि हुनसक्छ । उनी अत्यावश्यक औषधि खरिद गर्ने कामलाई प्राथमिकता नदिएर भाइरल हुने कामतिर मात्र उनी केन्द्रित भएको देखिन्छ । कर्मचारी र चिकित्सकको काजफिर्ता वा सरुवालाई ठूलो उपलब्धि जस्तो प्रचार गरिएको छ । जुन नियमित प्रशासनिक कार्य हो, जुन मन्त्रालयको सचिव सहसचिवस्तरको निर्णयबाट नियमित रुपमा हुने गर्दछ ।
गर्मी समयमा आउने महामारीको पूर्व तयारी जनशक्ति औषधि पूर्ब तयारी पनि कमजोर छ । एआरभी औषधि अभाव भएर नागरिकको ज्यान गए को जवाफदेही हुन्छ ? नेपालभरका अस्पतालमा रेबिजको भ्याक्सिन अभाव छ ।
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा मात्र दैनिक २ सय भायल एन्टी रेबिज भ्याक्सिन आबश्यक पर्दछ । तर सरुवा रोग अस्पताल टेकुमा रेबिजको भ्याक्सिन अभाव हुन लागेको छ । सुशीला कार्की सरकारकी स्वास्थ्य मन्त्री डा. शर्मा र सचिव देवकोटाको अकर्मन्यताले गर्दा एन्टी रेबिज भ्याक्सिन अभाव भई धेरैको जीवन जोखिममा पर्ने संभावना देखिएको छ ।
उल्लेखित रोगका भ्याक्सिन र औषधि नेपालभर कति चाहिन्छ हिसाव मन्त्रालयले गरेको छैन । अर्को अर्थ मन्त्रालयले चाहिने जति बजेट नदिएकाले पनि अत्यावश्यक भ्याक्सिन र औषधि खरिद हुन नसकेको गुनासो छ । अर्को बिनियोजन भएको बजेटबाट पनि बिभागले समयमा औषधि र भ्याक्सिन किन्न सक्दैन ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरु खरिद ऐन र मुद्दामामिलाले गर्दा पनि खरिद समयमा हुन नसकेको बताउँछन् । अन्तर्राष्टिय बोलपत्र गर्दा ४५ दिनको सूचना दिनुपर्दछ । परेका बोलपत्रको मूल्याङ्कन र सम्झौता गर्दा समान डेलिभरी गर्न अर्कोे आर्थिक बर्ष लाग्छ । अत्यावश्यक औषधि र भ्याक्सिन खरिद फाष्टट्रयाकबाट गर्ने बाटो सरकारले गर्न ढिला भएको मन्त्रालयका अधिकारी बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले एन्टी रेबिज भ्याक्सिन लगायतका अत्यावश्यक औषधि खरिद समयमा हुन नसक्दा अभाव हुन लागेको स्वीकार गर्दै नेपालफेससँग भने–‘मन्त्रालयलाई अभाव हुन लागेको जानकारी छ ।
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा(इपीसीडी)ले मलाई हिजो(बिहीबार) सम्बन्धित महाशाखा इपीसीडीले दिएको तथ्यांक अनुसार ८ हजार एउटा, एउटा ४ हजार जति छ । त्यो २–३ महिनालाई पुग्छ । आज(शुक्रबार) वा कहिले टेण्डर खुल्ने थियो । त्यो समयावधिसम्म पुग्ला जस्तो छ । यदि टेण्डर गरिएको अवधि अगावै अभाव हुने देखिएमा थोरै थोरै खरिद गरेर भए पनि अभाव हुन दिंदैनौं ।’
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend